सरकारद्वारा २०८३ सालको सार्वजनिक बिदा सूची राजपत्रमा प्रकाशित

468 Shares

काठमाडाैं । सरकारले २०८३ सालमा दिने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ। २०८३ वैशाख १ देखि चैत मसान्तसम्म सरकारी कार्यालय तथा सार्वजनिक निकायमा लागू हुने बिदासम्बन्धी विवरण नेपाल राजपत्र मा प्रकाशित गरिएको हो।

गत फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा निर्धारण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार राजपत्रमा सूचना प्रकाशन गरिएको जनाइएको छ।

राजपत्रमा सार्वजनिक बिदा, पर्व बिदा, सट्टा बिदा तथा कार्यालय समय निर्धारणसम्बन्धी विस्तृत जानकारी समावेश गरिएको छ।