प्रतिनिधिसभा निर्वाचनमा इन्धन आपूर्ति सुनिश्चित गर्न निगमले प्रादेशिक कार्यालय खुला राख्ने

156 Shares

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको क्रममा **नेपाल आयल निगम**ले पेट्रोलियम पदार्थ आपूर्ति र वितरण प्रभावकारी बनाउन सार्वजनिक बिदाका दिनमा पनि आफ्ना विभिन्न प्रादेशिक कार्यालय तथा डिपो खुला राख्ने भएको छ।

सरकारले निर्वाचनका लागि २० देखि २२ फागुनसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको सन्दर्भमा निगमले इन्धनको सहज उपलब्धता सुनिश्चित गर्न यस्तो विशेष व्यवस्था गरेको हो।

प्रादेशिक कार्यालयहरूको खुला रहने तालिका:

  • कोशी (विराटनगर): फागुन २२ र २४

  • मधेश (अमलेखगञ्ज): फागुन १९, २० र २३

  • बाग्मती (थानकोट): फागुन १८, २० र २३

  • गण्डकी (पोखरा): फागुन २०, २३ र २४

  • लुम्बिनी (भैरहवा): फागुन १७, १८, २० र २३

  • कर्णाली (सुर्खेत): फागुन १८ र २०

  • सुदूरपश्चिम (धनगढी): फागुन १९, २० र २२

अन्य डिपो/शाखा खुला रहने मिति:

  • धनुषा महेन्द्रनगर डिपो: फागुन २२ र २४

  • नेपालगञ्ज डिपो: फागुन २० र २२

  • झापा चारआली शाखा: फागुन २२ र २४

  • वीरगञ्ज शाखा: फागुन २०, २२, २३ र २४

निगमले इन्धन आपूर्ति वा वितरणमा समस्या आएमा सम्पर्क गर्न प्रत्येक कार्यालयका जिम्मेवार अधिकारी र सम्पर्क नम्बर सार्वजनिक गर्ने व्यवस्था पनि मिलाएको छ।