174
Shares
काठमाडौं । इजरायलले शनिबार बिहान इरानमा हवाई आक्रमण गरेको जनाएको छ। इजरायली रक्षामन्त्री इसराइल कात्जले हमलाको पुष्टि गरेका हुन्।
हमलापछि इजरायलले देशभर आपतकाल घोषणा गर्दै सम्भावित प्रतिकारलाई ध्यानमा राखेर उच्च सतर्कता अपनाएको जनाएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानको राजधानी तेहरानको डाउनटाउन क्षेत्रमा थुप्रै विस्फोटका आवाज सुनिएका छन्।
प्रारम्भिक रिपोर्टअनुसार दानेशगाह स्ट्रीट र जोम्हुरी क्षेत्रमा मिसाइल खस्दा ठूलो विस्फोट भएको बताइएको छ।
इजरायली सेनाले विभिन्न स्थानमा हवाई हमलाको संकेत दिने साइरन बजाउँदै नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। हालसम्म इरानले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।
फेसबुकबाट तपाईको प्रतिक्रिया