काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि कतार फुटबल संघसँग औपचारिक रूपमा पत्राचार गरेको जनाएको छ ।
एन्फाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै साम्बाको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै उपचारमा सहयोग र समन्वयका लागि पहल भइरहेको स्पष्ट पारेको हो । साथै, साम्बाकै आग्रहअनुसार परराष्ट्र मन्त्रालयमार्फत पनि आवश्यक समन्वय प्रक्रिया अघि बढाइएको एन्फाले जिकिर गरेको छ ।
यसअघि सोमबार कप्तान साम्बाले सामाजिक सञ्जालमार्फत आफूले उपचारका लागि एन्फा र सरकारबाट अपेक्षित सहयोग नपाएको उल्लेख गर्दै सहयोगको अपिल गरेकी थिइन् । त्यसपछि एन्फाले औपचारिक धारणा सार्वजनिक गरेको हो ।
अष्ट्रेलियन ए–लिग खेल्ने क्रममा करिब डेढ महिना अघि साम्बाको घुँडामा चोट लागेको थियो । Wellington Phoenix FCबाट खेलिरहेकी उनी Brisbane Roar FCविरुद्धको खेलमा विपक्षी गोलकिपरसँग ठोक्किएपछि घाइते भएकी थिइन् । हाल उनको उपचार प्रक्रिया जारी रहेको बताइएको छ ।










फेसबुकबाट तपाईको प्रतिक्रिया