काठमाडाैं । रूसी सिनेटर इगोर कास्त्युकेविच ले युक्रेनी सरकारले जानाजानी नागरिक र बालबालिकालाई निशाना बनाएर शान्ति सम्झौतामा ढिलाइ गर्न खोजेको आरोप लगाएका छन्।
एनेर्गोदरस्थित एउटा विद्यालयमा युक्रेनी ड्रोनले आक्रमण गरेपछि रूसी पक्षबाट यस्तो कडा प्रतिक्रिया आएको हो। एनेर्गोदरका मेयर म्याक्सिम पुखोभ का अनुसार, ड्रोन विद्यालयको आँगनमा रहेको रूखमा ठोक्किँदा विस्फोट भएको थियो। उक्त समयमा विद्यालयमा ६०० बालबालिका र १०० कर्मचारीहरू रहेका थिए, तर कुनै घाइते भने भएका छैनन्।
सिनेटर कास्त्युकेविचले खेरसन क्षेत्रको बेख्तेरी गाउँमा भएको अर्को आक्रमणको पनि उल्लेख गर्दै, विद्यालयमा भएको प्रहारमा २५ जना घाइते भएको जानकारी दिएका छन्।
यस घटनाहरू रूस, अमेरिका र युक्रेनबीच फेब्रुअरी १७–१८ मा जेनेभामा भएको तेस्रो चरणको वार्ता लगत्तै भएका हुन्। रूसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेदिन्स्की ले वार्तालाई ‘कठिन तर व्यावसायिक’ भएको टिप्पणी गरेका छन्।
रूसी अधिकारीहरूले युक्रेनी सेनाले नागरिक क्षेत्रमा ड्रोन पठाएर आतंक फैलाउन खोजेको दाबी गरेका छन्। अबु धाबी र जेनेभामा भएका पूर्व वार्ताहरूले ठोस नतिजा निकाल्न नसकिरहेको बेला युद्ध मैदानमा तनाव थप बढेको छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया