एजेन्सी । दक्षिण–पश्चिम चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्र अन्तर्गत पर्ने केरुङ काउन्टीमा मंगलवार बिहान एक विशेष शोक सभाको आयोजना गरिएको छ ।
गत अगस्ट २६ मा आएको विनाशकारी लेदोसहितको पहिरोमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको स्मृतिमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
अगस्ट २६ को सो भीषण प्राकृतिक विपत्तिमा परी ठूलो संख्यामा मानवीय क्षति हुनुका साथै कैयौँ मानिसहरू बेपत्ता भएका थिए ।
मंगलवार बिहान आयोजित स्मृति सभामा सहभागीहरूले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
उक्त पहिरोले केरुङ क्षेत्रमा व्यापक जनधनको क्षति पुर्याएको थियो । बेपत्ता भएकाहरूको खोजी र प्रभावित क्षेत्रमा राहत कार्य जारी रहेकै समयमा स्थानीय अधिकारी र सर्वसाधारणको उपस्थितिमा यो शोक सभा सम्पन्न भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया