काठमाडौं । केपी शर्मा ओली ले आफ्नो पार्टी सधैं गरिब, विपन्न र मजदुर वर्गको हितमा उभिएको दाबी गर्नुभएको छ।
झापाको दमक मा बिहीबार आयोजित सिटी रिक्सा चालकहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालमा भोकमरीको स्थिति लगभग अन्त्य भएको र अबको लक्ष्य पूर्ण रूपमा गरिबी निवारण रहेको बताउनुभयो। उहाँले एमालेको मुख्य प्राथमिकतामा विपन्न, सुकुम्बासी र सानो व्यवसाय गर्ने मजदुरहरू रहेको उल्लेख गर्नुभयो।
उहाँले “‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने सरकारी नीतिका कारण देशमा भोकमरीको अन्त्य भएको” दाबी गर्नुभयो।
आसन्न निर्वाचनको सन्दर्भमा अध्यक्ष ओलीले मजदुरका समस्या समाधानका लागि निर्वाचनपछि थप ठोस कदम चालिने जानकारी दिनुभयो। सिटी रिक्सा चालकहरूले उठाएका समस्या आफूसम्म आइपुगेको भन्दै उहाँले त्यसलाई लिपिबद्ध गरेर दिन आग्रह गर्नुभएको र निर्वाचनपछि समाधानको प्रयास गरिने आश्वासन पनि दिनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया