147
Shares
ऋषि कट्टेल, नेपाल कम्युनिस्ट पार्टी का अध्यक्ष, पक्राउ परेका छन्।
उहाँलाई आउँदै गरेको निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले कीर्तिपुर बाट पक्राउ गरेको हो।
कार्यालयका अनुसार हालसम्म उक्त पार्टीसँग सम्बन्धित थप ४ जना पक्राउ परिसकेका छन्। यसअघि मंगलबार मात्रै पार्टीका नेता धर्मेन्द्र बास्तोला र विष्णुप्रसाद तिमल्सिना पक्राउ परेका थिए।
पक्राउ परेकामाथि निर्वाचन बिथोल्ने गतिविधि सम्बन्धी आरोपमा अनुसन्धान भइरहेको जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया