125
Shares
नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार गरिएको प्रतिज्ञापत्र अनुमोदन गरेको छ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल ले बुधबार बसेको भर्चुअल बैठकले प्रतिज्ञापत्र अनुमोदन गरेको जानकारी दिनुभएको हो।
अनुमोदित प्रतिज्ञापत्र बुधबारै जनकपुरधाम को तिरहुतियामा आयोजना हुने पहिलो चुनावी सभामा पार्टी सभापति गगन थापा ले सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ। सो कार्यक्रम दिउँसो २ बजेदेखि सुरु हुने कांग्रेस मधेश प्रदेश समितिले जनाएको छ।
यस पटक कांग्रेसले भिजन १० को अवधारणामा प्रतिज्ञापत्र ल्याउने घोषणा यसअघि नै गरिसकेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया