150
Shares
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार धनगढी मा चुनावी कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रममा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह ले सम्बोधन गर्ने पार्टी स्रोतले जनाएको छ। यसअघि रास्वपाले जनकपुर मा पहिलो प्रदेशस्तरीय कार्यक्रम आयोजना गरेको थियो।
रास्वपा सुदूरपश्चिम प्रदेशका अनुसार सभापति लामिछाने मंगलबार नै धनगढी पुगिसक्नुभएको छ भने नेता शाह बुधबार धनगढी जाने कार्यक्रम रहेको छ। चुनावी सभा बुधबार बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ।
रास्वपाले धनगढीको कार्यक्रमपछि फागुन ७ गते सुर्खेत मा पनि चुनावी कार्यक्रम आयोजना गर्ने जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया