काँग्रेसका यादवद्वारा प्रधानमन्त्री आकांक्षीलाई थापासँग खुला संवादको चुनौती

180 Shares

काठमाडौं कृष्णप्रसाद यादव ले प्रधानमन्त्रीका आकांक्षीहरुलाई पार्टी सभापति तथा प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापा सँग खुला संवाद गर्न चुनौती दिनुभएको छ।

मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा यादवले नेपाली काँग्रेसले जुनसुकै राजनीतिक चुनौतीको सामना गर्न तयार रहेको र सबै दलका प्रधानमन्त्री उम्मेदवारलाई सार्वजानिक बहस र संवादका लागि आमन्त्रण गर्न चाहेको बताउनुभयो।

प्रदेशका मुख्यमन्त्रीसमेत रहेका यादवले पार्टीले बुधवार मधेस प्रदेशको धनुषाबाट आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिँदै सबै नागरिकलाई कार्यक्रममा उपस्थित भएर शीर्ष नेताको सम्बोधन सुन्न आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो, “यदि कोहीले आफूलाई प्रधानमन्त्रीको उम्मेदवार ठानेको छ भने काँग्रेस सभापति गगनकुमार थापासँग संवाद गरोस्। नेपाली काँग्रेस जुनसुकै चुनौतीको सामना गर्न तयार छ। खुला संवादका लागि हामी सबै प्रधानमन्त्री उम्मेदवारलाई आह्वान गर्न चाहन्छौँ।”

पार्टीले ‘भिजन १०’ शीर्षकमा तयार गरेको प्रतिज्ञापत्र आगामी घोषणापत्रको रूपमा प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ।