काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ।
आइतबार प्रतितोला दुई हजार तीन सय रुपैयाँ बढेको सुनको मूल्य सोमबार तोलामा तीन हजार रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार सोमबार सुन प्रतितोला तीन लाख दुई हजार आठ सय रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला तीन लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा चार हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय २५ रुपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस चार हजार नौ सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ। साथै यो मूल्य प्रवृत्ति नेपाल को बजारमा पनि प्रभाव परेको देखिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया