172
Shares
काठमाडौं । ICC Men's T20 World Cup अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोली र वेस्ट इण्डिज क्रिकेट टोली बीच जारी खेलमा नेपालले कमजोर सुरुआत गरेको छ ।
सातौँ ओभरसम्म नेपालले चार विकेट गुमाएको छ । पछिल्लो विकेट आरिफ शेख को रूपमा गएको हो । उनलाई जेसन होल्डर ले क्याच आउट गराएका थिए । आरिफले २ रन मात्र बनाउन सके ।
नेपालले पावरप्लेमै दुवै ओपनर र कप्तानको विकेट गुमाएको थियो । खेल वानखेडे स्टेडियम मा जारी छ । नेपालका ओपनर कुशल भूर्तेल पहिलो ओभरको अन्तिम बलमा १ रन बनाएर आउट भएका थिए । त्यसपछि कप्तान रोहित पौडेल चौथो ओभरको पहिलो बलमा आउट भएका हुन् ।
आठौँ ओभर चलिरहँदा नेपालले २६ रन बनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया