दार्चुला कारागारको सुरक्षा अब नेपाली सेनाको जिम्मामा

143 Shares

काठमाडौंदार्चुला को सदरमुकाम खलंगास्थित कारागार कार्यालयको सुरक्षा अब नेपाली सेना ले सम्हालेको छ। बिहीबारदेखि जिल्ला कारागार कार्यालयको सुरक्षाको जिम्मा सेनाले लिएको हो।

सदरमुकाम खलंगामै रहेको श्रीदल गुल्मबाट सहसेनानीको नेतृत्वमा १० जनाको टोली कारागार सुरक्षार्थ खटिएको छ। यसअघि उक्त कारागारमा नेपाल प्रहरी को टोलीले सुरक्षा दिँदै आएको थियो। हाल प्रहरी टोली पनि कारागार सुरक्षार्थ खटिएको जनाइएको छ।

सुरक्षाका दृष्टिले अति संवेदनशील मानिएका कारागार तथा महत्वपूर्ण संरचनामा सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार कारागारमा सेना तैनाथ गरिएको हो।

सोही निर्णयअनुसार दार्चुला कारागारमा पनि सेना खटाइएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेल ले जानकारी दिएका छन्। सरकारको निर्देशनअनुसार आवश्यक समन्वय गरी सुरक्षा व्यवस्थापन अघि बढाइएको उनले बताएका छन्।