काठमाडौं । आगामी निर्वाचनको संघारमा चार राजनीतिक समूहले मिलेर आइडिया मञ्च घोषणा गरेका छन्।
२७ माघ २०८२ मा पिपुल फर्स्ट पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, समावेशी समाजवादी पार्टी र दलित गोलमेच सम्मेलन को आपसी समझदारीअनुसार गठबन्धन बनेको हो।
मञ्चले विद्यमान राजनीतिक दलहरूको विकल्पका रूपमा आफूलाई ‘तेस्रो राजनीतिक ध्रुव’ को रूपमा उभ्याउने दाबी गरेको छ। ‘समावेशी, लोकतान्त्रिक, नैतिक विकल्प’ नारासहित गठन गरिएको मञ्चले २०८२ भदौ २३–२४ मा भएको जेनजी आन्दोलनका माग पूरा नभएको र निहत्था युवाहरूको हत्यामा जिम्मेवार नठहरिएको भन्दै गम्भीर असन्तुष्टि जनाएको छ।
आइडिया मञ्चले आसन्न निर्वाचनमा देशभर १२ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाउने जनाएको छ। ती उम्मेदवारको पक्षमा मञ्चले संयुक्त रूपमा प्रचार–प्रसार गर्ने जनाएको छ।
निर्वाचन तयारी समय कम भएको स्वीकार गर्दै मञ्चले संसद बाहिर रहँदै पनि वास्तविक विपक्षको भूमिका निर्वाह गर्ने र भविष्यका प्रदेश तथा स्थानीय तहको निर्वाचनमा सशक्त रूपमा प्रस्तुत हुने रणनीति लिएको जनाएको छ।
मञ्चले विज्ञप्तिमा भ्रष्टाचारका मुद्दा, निहत्था युवामाथि भएको दमन र हत्याका घटनामा जिम्मेवार नठहरिएकालाई मुद्दा बनाउँदै आगामी निर्वाचनमार्फत नीति निर्माता बन्ने सम्भावनामा चुनौती दिने पनि उल्लेख गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया