राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा रामेछाप बस दुर्घटनामा मृत्यु भएका प्रति श्रद्धाञ्जली

54 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँबाट रामेछापतर्फ जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खस्दा भएको दुर्घटनामा ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गरेको छ।

पार्टीले मृतकहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको जनाएको छ। साथै, पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

रास्वपाले जनतालाई सुरक्षित यातायातका उपायहरू अपनाउन र सवारी दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह गरेको छ। पार्टीले यस प्रकारका दुर्घटनाप्रति ध्यानाकर्षण गराउँदै सुरक्षित सडक यातायात सुनिश्चित गर्न आवश्यक कदम चालिनुपर्नेमा जोड दिएको छ।

May be an image of text