179
Shares
काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यासको अनावश्यक भण्डारण नगर्न आम उपभोक्तासँग आग्रह गरेको छ।
निगमले जारी गरेको विज्ञप्तिअनुसार एलपी ग्यासको आयात तथा बिक्री–वितरण नियमित रूपमा भइरहेको हुँदा उपभोक्तालाई तत्काल आवश्यक मात्रामा मात्रै ग्यास खरिद गर्न अनुरोध गरिएको हो।
निगमले बजारमा आपूर्ति सामान्य रहेकाले अभावको हल्ला वा अनावश्यक सञ्चिति नगर्न आग्रह गर्दै यसले वितरण प्रणालीमा दबाब पर्न सक्ने जनाएको छ।
“एलपी ग्यासको आयात तथा बिक्री–वितरण नियमित भइरहेको हुँदा आम उपभोक्तालाई तत्काल आवश्यक मात्रामा मात्र खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न हार्दिक अनुरोध गर्दछ,” विज्ञप्तिमा उल्लेख छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया