बास नेपालद्वारा दुई कर्मचारीलाई सम्मानसहित बिदाइ

136 Shares

नेपालगञ्ज । मिति २०८२ माघ २३ गते बास नेपालले आफ्ना दुई कर्मचारी हंश बहादुर शाही र जानकी बिकलाई सम्मानसहित बिदाइ गरेको छ। हंश बहादुर शाही अनुगमन, मूल्यांकन, जवाफदेहिता तथा सिकाइ अधिकृतको रूपमा कार्यरत थिए भने जानकी बिक असल शासन मिडियाकी बजार प्रतिनिधि थिइन्। व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका दुवै कर्मचारीलाई दोसल्ला र सम्मानपत्रसहित बिदाइ गरिएको हो।

बिदाइ कार्यक्रम बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, केन्द्रीय सदस्य बसन्ती शर्मा, बब्लु शेष, निर्देशक हेमराज भट्ट, कार्यक्रम प्रबन्धक मन भण्डारी लगायतले संयुक्त रूपमा सञ्चालन गरेका थिए। कार्यक्रममा लेखा अधिकृत राष्टि बुढा, कार्यक्रम अधिकृत रविन्द्र बोहरा, प्रशासनिक अधिकृत शुद्ध चौधरी, कार्यक्रम अधिकृत शोभा थापा मगर, कार्यक्रम प्रबन्धक रमिता शाह, बजार प्रतिनिधि दिनेश चौधरी, सामुदायिक सहजकर्ता ज्योती बुढालगायतले उपस्थित भएर बिदाइ हुने कर्मचारीको योगदानबारे बोल्नु भएको थियो।

WhatsApp Image 2026-02-06 at 14.07.01.jpegजानकी बिकले असल शासन मिडियामा इन्टर्नको रूपमा कार्य सुरु गरी २०७८ साल मंसिर १ गतेदेखि २०८२ साल पुससम्म बजार प्रतिनिधिको रूपमा जिम्मेवारी सम्हालेकी थिइन्। हंश बहादुर शाहीले ‘रुम टु रिड’ को सहयोगमा बास नेपालद्वारा सञ्चालित बालिका शिक्षा कार्यक्रममा १५ सेप्टेम्बर २०२४ देखि ३१ डिसेम्बर २०२४ सम्म प्रशासन तथा लेखा अधिकृतको रूपमा सफलता पूर्वक जिम्मेवारी पुरा गरे। पछिल्लो समय उनी द कोकाकोला फाउन्डेसनको सहयोगमा सञ्चालित ‘हरित नेपालगञ्ज: सामुदायिक फोहर रूपान्तरण परियोजना’ अन्तर्गत अनुगमन, मूल्यांकन, जवाफदेहिता तथा सिकाइ अधिकृतको रूपमा कार्यरत थिए।

कार्यक्रमका क्रममा बिदाइ हुने कर्मचारीहरूले संस्थालाई योगदानको अवसर प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए। बास नेपालले कर्मचारीहरूको मेहनत, प्रतिबद्धता र योगदानलाई सम्मान गर्दै उनीहरूको आगामी यात्राका लागि शुभकामना व्यक्त गरेको छ।