नेपाली बजारमा सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि

73 Shares

काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ।

आइतबार प्रतितोला ९ हजार ५ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार थप ४ हजार १ सय रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि सोमबार बढेको छ। आइतबार प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ हजार २ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ। यो मूल्य आइतबारको तुलनामा प्रतितोला २ सय ४० रुपैयाँले बढी हो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस ५ हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।