काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार बिहान तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाको भनाइ छ।
महाशाखाका अनुसार सोमबार दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो कायम रहने भएकाले जनजीवन केही प्रभावित हुन सक्नेछ। सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहने अनुमान गरिएको छ भने अन्य क्षेत्रको मौसम मुख्यतया सफा रहनेछ। साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी–हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
सोमबार राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने पूर्वानुमान छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। उच्च पहाडी–हिमाली क्षेत्रका केही स्थानमा पुनः हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना औंल्याइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया