160
Shares
काठमाडौँ ।
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। यस दिन नेप्से परिसूचक १०.२५ अंकले घटेर २६९८.४४ विन्दुमा बन्द भएको छ।
बजार घटे पनि कारोबार रकम भने सामान्य रूपमा बढेको जनाइएको छ। यस दिन सुपर मादी हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ।
यस्तै, रिडी पावर कम्पनी, खानीखोला हाइड्रोपावर र हिमालयन हाइड्रोपावरको मूल्य क्रमशः ९.९८, ९.९७ र ५.३९ प्रतिशतले बढेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया