काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा सुरक्षा व्यवस्था कडा पारिएको छ। शुक्रबार पक्राउ परेका दुर्गा प्रसाईंलाई म्याद थपका लागि कार्यालय ल्याइएपछि उनका समर्थकको भीड बढ्दै गएसँगै सुरक्षा व्यवस्था थप कडा गरिएको हो।
प्रसाईंलाई कार्यालय परिसरमा ल्याइने सूचना फैलिनासाथ समर्थकहरू त्यहाँ जम्मा हुन थालेका थिए। सम्भावित अवाञ्छित गतिविधि रोक्न प्रहरीले सुरक्षा परिचालन बढाएको जनाएको छ। कार्यालय वरिपरि अतिरिक्त सुरक्षाकर्मी खटाइएका छन् भने प्रवेश नियन्त्रण पनि कडाइका साथ गरिएको छ।
प्रहरीका अनुसार शान्ति सुरक्षा कायम राख्न आवश्यक सबै उपाय अपनाइएको छ। कार्यालय परिसरमा सञ्चालन भइरहेको कानुनी प्रक्रिया सामान्य रूपमा अघि बढिरहेको छ।
समर्थकको भीड र सुरक्षा व्यवस्थाबीच अहिले अवस्था नियन्त्रणमा रहेको प्रहरी स्रोतले बताएका छन्। दुर्गा प्रसाईं सम्बन्धी कानुनी प्रक्रिया र म्याद थपको निर्णय प्रक्रिया जारी रहेको छ। सुरक्षा कडा भए पनि नागरिकको सामान्य आवागमनमा ठूलो असर नपर्ने गरी व्यवस्था मिलाइएको छ।
यस घटनाले सामाजिक सञ्जालमा समेत ध्यानाकर्षण पारेको छ। प्रसाईंका समर्थक र विरोधी दुवै पक्षले शान्तिपूर्ण रहन र कानुनी प्रक्रियामा विश्वास राख्न आग्रह गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया