काठमाडौं । नेपाली चलचित्र जगतका वरिष्ठ अभिनेता सुनिल थापाको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आइतबार बिहान उनको शवको पोस्टमार्टम सम्पन्न भएको अस्पताल स्रोतले जानकारी दिएको छ।
पोस्टमार्टम रिपोर्टअनुसार, थापाको मृत्यु हृदयघातका कारण भएको पाइएको छ। अस्पतालका चिकित्सकका अनुसार, “हृदयघात भएर मुटुको नसा ब्लक भएका कारण मृत्यु भएको देखिएको छ।”
पोस्टमार्टम सकिएपछि उनका शवलाई श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिने तयारी गरिएको छ।
६८ वर्षीय थापा शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा स्वास्थ्य समस्या देखिएपछि लगिएका थिए। लामो अभिनय करियर र नेपाली चलचित्र क्षेत्रमा योगदानका कारण थापाको निधनले कला क्षेत्र र आम दर्शकमा अपूरणीय क्षति पुगेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया