काठमाडौँ । निर्वाचन नजिकिँदै गर्दा न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने प्रयास निर्वाचन आचारसंहिताविपरीत हुने भन्दै निर्वाचन आयोगले रोक लगाएको छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको निर्देशनमा न्यायपरिषद्ले नियुक्तिसम्बन्धी जानकारी आयोगलाई गराएपछि आयोगले आचारसंहिता लागू भइसकेकाले यस समयमा नयाँ नियुक्ति गर्न नमिल्ने निर्णय सुनाएको हो।
निर्वाचन प्रक्रिया सुरु भइसकेको अवस्थामा नियुक्ति प्रक्रिया अघि बढाउन खोजिएको भन्दै सर्वोच्च अदालतका केही न्यायाधीश तथा कानुन व्यवसायीहरूले समेत आपत्ति जनाएका छन्।
वर्षौँदेखि रिक्त रहेका न्यायाधीश पदमा चासो नदेखाएको परिषद्ले निर्वाचनको मुखमा हतारिएको भन्दै आलोचना भइरहेको छ। आयोगको निर्णयसँगै न्यायाधीश नियुक्ति प्रक्रिया हालका लागि स्थगित भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया