काठमाडौँ । आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘सी’ को खेलमा वेस्ट इण्डिजले पहिलो जित दर्ता गरेको छ। कोलकाताको इडेन गार्डेनमा भएको प्रतिस्पर्धामा वेस्ट इण्डिजले स्कटल्याण्डलाई ३५ रनले पराजित गरेको हो।
१८३ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड १८.५ ओभरमा १४७ रनमै अलआउट भयो। स्कटल्याण्डका ब्याटरहरूले लक्ष्य पछ्याउने क्रममा सुरुआत राम्रो गर्न नसक्दा दबाब बढेको थियो।
वेस्ट इण्डिजका लागि रोमारियो शेफर्ड उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएर जितका नायक बने। उनले मध्यक्रम ध्वस्त पार्दै स्कटल्याण्डलाई पुनरागमनको अवसर दिएनन्।
यसअघि टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८२ रन बनाएको थियो। टोलीका लागि शिम्रोन हेटमायरले अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्याएका थिए।
यो जितसँगै वेस्ट इण्डिजले समूह ‘सी’ मा महत्वपूर्ण दुई अंक जोडेको छ भने स्कटल्याण्ड पहिलो खेलमै दबाबमा परेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया