191
Shares
काठमाडौं । निर्वाचन आयोगले कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान)सँग स्पष्टिकरण मागेको छ।
आयोगको स्वीकृति नलिई साधारण सभा आयोजना गरेको आरोपमा आयोगले महासंघसँग जवाफ माग गरेको हो। निर्वाचन आयोगका अनुसार यही माघ १७ गते जारी सूचनाअनुसार माघ २१ गते आयोजना गर्ने भनिएको साधारण सभा सम्पन्न भएको हो वा होइन भन्नेबारे स्पष्ट पार्न क्यानलाई निर्देशन दिइएको छ।
यदि साधारण सभा सम्पन्न भएको हो भने निर्वाचन आयोगको आचारसंहिता २०८२ बमोजिम आयोगको पूर्वस्वीकृति लिएर कार्यक्रम आयोजना गरिएको हो वा होइन भन्ने विषयमा ४८ घण्टाभित्र स्पष्टिकरण पेश गर्न आयोगले भनेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया