सुनको भाउ फेरि घट्यो, एकै दिन तोलामा ४ हजार २ सय रुपैयाँले ओरालो

162 Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि ओरालो लागेको छ। हिजो बिहीबार तोलामा ९ हजार ५ सय रुपैयाँले घटेको सुनको भाउ आज शुक्रबार थप ४ हजार २ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको भाउ पनि आज घटेको छ। चाँदी तोलामा २ सय ७० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो बिहीबार चाँदी प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो।