कालीमाटी बजारले तोक्यो आजका लागि तरकारी, फलफूल र माछाको थोक मूल्य

155 Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ३५, सानो (टनेल) ५५, सानो (भारतीय) ४४ र सानो (तराई) ५२ रुपैयाँ तोकिएको छ। आलु रातो प्रतिकिलो ३० रुपैयाँ, आलु रातो (भारतीय) २७ र प्याज सुकेको (भारतीय) ४० रुपैयाँ कायम गरिएको छ।

यसैगरी गाजर (लोकल/तराई) प्रतिकिलो ७० रुपैयाँ, बन्दा (लोकल) ६०, बन्दा (तराई) ४०, बन्दा (नरिबल) ४५, काउली स्थानीय ४५, काउली (ज्यापू) ७०, काउली तराई ५०, रातो मूला ३५, सेतो मूला (लोकल) १८ र (हाइब्रिड) २२ रुपैयाँ निर्धारण गरिएको छ। भन्टा लाम्चो प्रतिकिलो ५५ र डल्लो ७० रुपैयाँ तोकिएको छ।

मटरकोसा प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (लोकल) २२०, (हाइब्रिड) १५०, (राजमा) १६०, टाटे सिमी १००, तिते करेला १९०, लौका ८०, फर्सी पाकेको ५५, हरियो फर्सी (लाम्चो/डल्लो) ३०–३० रुपैयाँ रहेको छ। भिन्डी प्रतिकिलो १३०, सखरखण्ड ७०, पिँडालु ६५ र स्कुस ७० रुपैयाँ कायम गरिएको छ।

रायोसाग प्रतिकिलो ३५ रुपैयाँ, पालुङ्गो ५०, चमसुर ५०, तोरीसाग २०, मेथी ६०, हरियो प्याज ६०, च्याउ (कन्य) १००, च्याउ (डल्ले) ३५०, राजा च्याउ ३०० र सिताके च्याउ १,००० रुपैयाँ तोकिएको छ।

फलफूलतर्फ स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) ३२०, केरा (दर्जन) १८०, कागती १३०, अनार ३२०, अङ्गुर हरियो २५० र कालो ४४० रुपैयाँ निर्धारण गरिएको छ। सुन्तला (नेपाली) प्रतिकिलो १८०, तरबुजा ९०, जुनार १३०, स्ट्रबेरी ५५०, किबी २६० र एभोकाडो ३५० रुपैयाँ कायम गरिएको छ।

त्यसैगरी मसला तथा अन्य उपजमा अदुवा प्रतिकिलो १२० रुपैयाँ, अमला ११०, सुकेको खुर्सानी ४२०, हरियो खुर्सानी १४०, अकबरे खुर्सानी ५५०, हरियो लसुन ८०, सुकेको लसुन (चाइनिज) २२० रुपैयाँ तोकिएको छ।

माछातर्फ सुकेको माछा प्रतिकिलो १,००० रुपैयाँ, ताजा माछा (रहु) ३४०, (बचुवा) २८० र (छडी) २५० रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ।