काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ २८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८८ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ११ पैसा र बिक्रीदर १७० रुपैयाँ ८२ पैसा कायम गरिएको छ। यस्तै, बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९७ रुपैयाँ १२ पैसा तथा स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०२ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १०५ रुपैयाँ ८७ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११३ रुपैयाँ २८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७५ पैसा तोकिएको छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २२ पैसा कायम गरिएको छ।
त्यसैगरी चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ७९ पैसा र बिक्रीदर २० रुपैयाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा तथा कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५५ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४४ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा कायम गरिएको छ। साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८४ पैसा र बिक्रीदर नौ रुपैयाँ ८८ पैसा तोकिएको छ।
यस्तै, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६ रुपैयाँ ०९ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७८ पैसा र बिक्रीदर २२ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४७२ रुपैयाँ १२ पैसा र बिक्रीदर ४७४ रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ३० पैसा तथा ओमानी रियाल एकको खरिददर ३७४ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ३४ पैसा तोकेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर फरक हुनसक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया