तराईमा हुस्सु–कुहिरो, पहाडी भू–भागमा मौसम मुख्यतया सफा

144 Shares

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार बिहान तराई भू–भागका केही स्थानमा हुस्सु र तुवाँलो लागेको छ भने पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले जनजीवन प्रभावित हुन सक्नेछ। कोशी र गण्डकी प्रदेशको पहाडी–हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम प्रायः सफा रहनेछ।

शुक्रबार राति तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान छ।

यसैबीच, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा शनिबार दिउँसोदेखि हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।