नेप्से सूचकमा दोहोरो अंकको सुधार, कारोबार रकममा पनि वृद्धि

182 Shares

काठमाडौँ – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचकमा बिहीबार दोहोरो अंकले सुधार आएको छ। साताको सुरुदेखि अस्थिर देखिएको बजार बुधबारसम्म करिब ३२ अंकले घटेको थियो भने बिहीबार २७.१९ अंकले बढ्दै २७०८.७० बिन्दुमा पुगेको छ। कारोबार सुरु हुँदा नेप्से २६८१.५ अंकमा थियो।

नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स पनि ४.४७ अंकले बढेको छ। बजार खुलेदेखि बढ्दो क्रममा रहेको सूचक बन्द हुँदासम्म कायम रह्यो।

बिहीबार ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सकारात्मक सर्किट लाग्नेमा कालिञ्चोक दर्शन, सुपर मादी हाइड्रो र मोदी इनर्जी रहेका छन्। यस दिन कारोबार भएका २०१ कम्पनीको सेयर मूल्य बढ्दा ५५ कम्पनीको घटेको र ४ कम्पनीको स्थिर रहेको नेप्सेले जनाएको छ।

समूहगत सूचकतर्फ अधिकांश क्षेत्रमा सुधार देखिएको छ। बैंकिङ ७.७१, विकास बैंक ५३.७८, वित्त १२.१६, होटल १७.०७, जलविद्युत् ५८.५०, लगानी १.२८, जीवन बीमा १४३.८५, उत्पादनमूलक ६९.२१, लघुवित्त २९.५५, सामूहिक लगानी कोष ०.१२, निर्जीवन बीमा २१८.९२ र अन्य समूह ४६.२९ अंकले बढेका छन्। यद्यपि व्यापार समूह भने १८.५१ अंकले घटेको छ।

कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। बिहीबार ३२६ कम्पनीका १ लाख ८ हजार ८ सय १७ कारोबारबाट ११ अर्ब ५८ करोड रुपैयाँ बराबरका ३ करोड ५५ लाख ७४ हजार ६ सय २७ कित्ता सेयर खरिद–बिक्री भएका छन्।

यसअघि बुधबार ३२६ कम्पनीका ८० हजार ४ सय २२ कारोबारबाट ७ अर्ब ४९ करोड रुपैयाँ बराबरका १ करोड ६६ लाख ८२ हजार कित्ता सेयर कारोबार भएका थिए।