137
Shares
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) को झापा-५ स्थित सम्पर्क कार्यालयमा बुधबार राति तोड्फोड भएको छ।
झापाको कमल गाउँपालिका-२ मा रहेको बालेनको सम्पर्क कार्यालयमा सिसा फुटेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय झापाले सो क्षेत्रमा पुगेर अनुसन्धान थालेको छ।
झापा-५ क्षेत्रबाट रास्वपा वरिष्ठ नेता बालेन उम्मेदवार छन् भने नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पनि सोही क्षेत्रमा उम्मेदवारी दिनुभएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया