सुनचाँदीको मूल्यमा भारी गिरावट

184 Shares

काठमाडौँ – नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा दुवै धातुको मूल्यमा उल्लेख्य कमी आएको हो।

बुधबार प्रतितोला १४ हजार ४ सय रुपैयाँले बढेको सुनको मूल्य बिहीबार भने तोलामा ९ हजार ५ सय रुपैयाँले घटेको छ। महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला ५ हजार ६ सय रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ४ हजार ९ सय ८० रुपैयाँमा झरेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६ सय २० रुपैयाँले कम हो।

महासंघले अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस ४ हजार ८ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको जनाएको छ।