काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरी सार्वजनिक गरेको छ। समितिका अनुसार तरकारी, फलफूल, सागसब्जी, मसला तथा माछामासुको मूल्यसूची अद्यावधिक गरिएको हो।
आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँमा कारोबार भइरहेको छ भने सानो लोकल गोलभेँडा ३५ रुपैयाँमा पाइनेछ। आलु रातो ३० रुपैयाँ र भारतीय रातो आलु २६ रुपैयाँ कायम भएको छ। सुकेको भारतीय प्याजको मूल्य प्रतिकिलो ४० रुपैयाँ तोकिएको छ।
गाजर लोकल ८० र तराई गाजर ७० रुपैयाँमा उपलब्ध हुँदा बन्दा लोकल ६०, तराई ४० र नरिवल बन्दा ४५ रुपैयाँमा बिक्री भइरहेको छ। काउली स्थानीय ५०, ज्यापू काउली ६५ र तराई काउली ४५ रुपैयाँ तोकिएको छ। मूला रातो ४०, सेतो लोकल २० र सेतो हाइब्रिड २५ रुपैयाँमा पाइनेछ। भन्टा लाम्चो र डल्लो दुवैको मूल्य प्रतिकिलो ६० रुपैयाँ कायम गरिएको छ।
मटरकोसा ८०, घिउ सिमी (राजमा) १५०, टाटे सिमी १०० र तिते करेला १९० रुपैयाँ पुगेको छ। लौका ८०, पाकेको फर्सी ५५, हरियो फर्सी २५–३०, सलगम ६०, भिन्डी १३० र सखरखण्ड ७० रुपैयाँ कायम भएको छ।
सागसब्जीतर्फ रायोसाग ४०, पालुङ्गो ६०, तोरीसाग ३०, मेथी ८० र हरियो प्याज ६० रुपैयाँमा बिक्री भइरहेको छ। च्याउ कन्य १००, डल्ले ३८०, राजा च्याउ ३०० र सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलो तोकिएको छ।
फलफूलतर्फ स्याउ (झोले) २५० र स्याउ (फुजी) ३२० रुपैयाँमा कारोबार भइरहेको छ। केरा दर्जनको १८०, सुन्तला १८०, अनार ३२०, अङ्गुर हरियो २५० र कालो ४४० रुपैयाँ पुगेको छ। स्ट्रबेरी ५५०, किबी २६० र एभोकाडो ३५० रुपैयाँ प्रतिकिलो कायम भएको छ।
मसलातर्फ अदुवा १२०, सुकेको खुर्सानी ४२०, हरियो खुर्सानी १४० र अकबरे खुर्सानी ६०० रुपैयाँ प्रतिकिलो पुगेको छ। लसुन सुकेको (चाइनिज) २२० रुपैयाँमा कारोबार भइरहेको छ।
माछातर्फ सुकेको माछा १ हजार रुपैयाँ प्रतिकिलो रहेको छ भने ताजा माछा रहु ३४०, बचुवा २८० र छडी २५० रुपैयाँमा बिक्री भइरहेको समितिले जनाएको छ।
समितिले बजारमा आपूर्ति र मागको अवस्थाअनुसार दैनिक रूपमा मूल्य निर्धारण हुने जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया