नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेल आज यूएईविरुद्ध खेल्ने

140 Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप खेल्न भारत गएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार आफ्नो पहिलो अभ्यास खेल युएईसँग खेल्ने भएको छ।

सो खेल चेन्नईमा आज साँझ सवा ५ बजेदेखि सुरु हुने योजना रहेको छ। त्यसपछि नेपालले बिहीबार क्यानाडासँग अर्को अभ्यास खेल प्रतिस्पर्धा गर्ने तयारी गरेको छ।

विश्वकपका लागि नेपालले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ। यसअघि नेपाली टोलीले श्रीलंकामा श्रीलंका ‘ए’ र भारतमा एमसीए प्रेसिडेन्ट–इलाभेनसँग समान ३ अभ्यास खेल खेलेको थियो।

नेपालले आगामी महिना मुम्बईमा आफ्नो समूह चरणका सबै खेलहरू खेल्ने तय छ। नेपाल रहेको समूह ‘सी’मा इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेका छन्।

नेपालले माघ २५ गते इङ्ल्यान्डसँग खेल्दै विश्वकपको औपचारिक सुरुवात गर्दैछ। यो टी–२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा संयुक्त रूपमा हुँदैछ।