सुनचाँदीको मूल्यमा अझै गिरावट, सुन प्रति तोला २ लाख ८६ हजारमा कारोबार

47 Shares

काठमाडौं : नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको मूल्य घटेको छ।

गत शुक्रबारदेखि निरन्तर घट्दै आएको सुनको मूल्य सोमबार पनि ओरालो लाग्दै प्रति तोला १३ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुन प्रति तोला ३ लाख रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार चाँदी प्रति तोला ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन आइतबारको तुलनामा प्रति तोला ३ सय ५ रुपैयाँले कम हो । चाँदी आइतबार प्रति तोला ५ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस ४ हजार ६ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाइएको छ।