शेयर बजारमा दोहोरो अंकको गिरावट, अधिकांश उपसमूह राताम्मे

49 Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घट्दै बजारमा व्यापक गिरावट देखिएको छ। कारोबारमा सूचीकृत १३ उपसमूहमध्ये व्यापार समूह बाहेक सबै उपसमूहको सूचक ओरालो लागेको हो।

सबैभन्दा धेरै गिरावट होटल तथा पर्यटन उपसमूहमा देखिएको छ, जुन १.७५ प्रतिशतले घटेको छ। त्यस्तै जलविद्युत् उपसमूह १.३६ प्रतिशत र लगानी समूह ०.९६ प्रतिशतले घटेका छन्।

बैंकिङ ०.४२, विकास बैंक ०.७५, वित्त ०.४४, जीवन बीमा ०.५२, उत्पादन तथा प्रशोधन ०.७६, लघुवित्त ०.५७, म्युचुअल फन्ड ०.५०, निर्जीवन बीमा ०.६३ तथा अन्य उपसमूह ०.९२ प्रतिशतले घटेका छन्।

आज कुल २०१ कम्पनीको शेयर मूल्य घट्दा ५० कम्पनीको मात्रै मूल्य बढेको छ। मिथिला लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ९.७ प्रतिशतले बढेको छ भने कर्पोरेट विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबारतर्फ दिनभर ३२९ कम्पनीका २ करोड २० लाख ६० हजार कित्ता शेयर किनबेच हुँदा कुल ९ अर्ब १० करोड ९४ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी अग्रस्थानमा रहँदै ५५ करोड ५२ लाख ४० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

लगानीकर्तामा देखिएको दबाबका कारण बजारमा अधिकांश क्षेत्र प्रभावित भएका छन्।