कालीमाटी बजारमा तरकारी–फलफूलको न्यूनतम थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि स्ट्रबेरीसम्म कति ?

167 Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि विभिन्न कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार तरकारी तथा फलफूलको मूल्य उत्पादन क्षेत्र, गुणस्तर र प्रकारअनुसार फरक–फरक तोकिएको छ।

समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँमा कारोबार भइरहेको छ भने गोलभेँडा सानो (लोकल) २२ रुपैयाँ, सानो (टनेल) ३० रुपैयाँ र सानो (तराई) ४० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

त्यसैगरी आलु रातो प्रतिकिलो २५ रुपैयाँ, आलु रातो (भारतीय) २३ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ।

तरकारीतर्फ गाजर (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गाजर (तराई) ३५ रुपैयाँ, बन्दा (लोकल) ५५ रुपैयाँ, बन्दा (नरिवल) ३५ रुपैयाँ, काउली (स्थानीय) ५५ रुपैयाँ र काउली (तराई) ४० रुपैयाँ तोकिएको छ।

यस्तै, रातो मूला प्रतिकिलो २५ रुपैयाँ, सेतो मूला (लोकल) १० रुपैयाँ, सेतो मूला (हाइब्रिड) १५ रुपैयाँ, भन्टा लाम्चो ४५ रुपैयाँ र भन्टा डल्लो ५० रुपैयाँ कायम भएको छ।

दलहन तथा हरियो तरकारीमा मटरकोसा प्रतिकिलो ६० रुपैयाँ, घिउ सिमी (लोकल) १०० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ८० रुपैयाँ, घिउ सिमी (राजमा) १२० रुपैयाँ, टाटे सिमी ९० रुपैयाँ, तितो करेला १६० रुपैयाँ, लौका ५५ रुपैयाँ र फर्सी पाकेको ४० रुपैयाँ तोकिएको छ।

यस्तै, हरियो फर्सी (लाम्चो र डल्लो) दुवै प्रतिकिलो २० रुपैयाँ, सलगम ५० रुपैयाँ, भिन्डी १०० रुपैयाँ, सखरखण्ड ६० रुपैयाँ र पिँडालु ५० रुपैयाँ कायम गरिएको छ।

सागसब्जीमा रायोसाग प्रतिकिलो १५ रुपैयाँ, पालुङ्गो साग ५० रुपैयाँ, चमसुर ५० रुपैयाँ, मेथीको साग ७० रुपैयाँ र हरियो प्याज ४० रुपैयाँ निर्धारण गरिएको छ।

त्यसैगरी बकूला प्रतिकिलो ८० रुपैयाँ, तरुल ५० रुपैयाँ, च्याउ (कन्य) ७० रुपैयाँ, च्याउ (डल्ले) ३०० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, ब्रोकाउली ३० रुपैयाँ र चुकुन्दर ५५ रुपैयाँ तोकिएको छ।

साथै जिरीको साग ८० रुपैयाँ, सेलरी १८० रुपैयाँ, पार्सले ५०० रुपैयाँ, सौफको साग ८० रुपैयाँ, पुदिना २५० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३२० रुपैयाँ कायम गरिएको छ।

फलफूलतर्फ स्याउ (झोले) प्रतिकिलो २२० रुपैयाँ, स्याउ (फुजी) ३०० रुपैयाँ, केरा (दर्जन) १४० रुपैयाँ, अनार ३०० रुपैयाँ, सुन्तला (नेपाली) १५० रुपैयाँ, तरबुजा (हरियो) ८० रुपैयाँ, मौसम १२० रुपैयाँ र जुनार १२० रुपैयाँ तोकिएको छ।

त्यसैगरी भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) ५० रुपैयाँ, काँक्रो (हाइब्रिड) ४० रुपैयाँ, निबुवा ६० रुपैयाँ, नास्पाती (चाइनिज) २२० रुपैयाँ, मेवा (नेपाली) ६० रुपैयाँ, स्ट्रबेरी (भुइँऐसुलु) ४५० रुपैयाँ, आभोकाडो २५० रुपैयाँ र अमला प्रतिकिलो ९० रुपैयाँ निर्धारण गरिएको छ।

कालीमाटी बजार विकास समितिले यी मूल्यहरू न्यूनतम थोक मूल्य भएकाले खुद्रा बजारमा स्थान, ढुवानी खर्च र आपूर्ति अनुसार केही फरक पर्न सक्ने जनाएको छ।