काठमाडौँ । चलचित्र विकास बोर्डले चालु आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष २०८२’ कार्यक्रमअन्तर्गत ११ विधामा तालिम तथा कार्यशालाका लागि आवेदन मागेको छ।
बोर्डका अनुसार, चलचित्रकर्मीको प्राविधिक, सिर्जनात्मक र व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित तालिम–कार्यशालाहरू सञ्चालन गरिनेछन्। तालिम/कार्यशालामा समावेश विधाहरूमा ध्वनि, पोस्ट–प्रोडक्सन, छायांकन, पटकथा लेखन, ड्रोन, मेकअप, फोटो तथा भिडियो पत्रकारिता, एआई चलचित्र निर्माण, प्रतिलिपि अधिकार, साइबर सुरक्षा र मानसिक स्वास्थ्य समावेश छन्।
इच्छुक चलचित्रकर्मीले बोर्डको वेबसाइटबाट आवेदन फारम डाउनलोड गरी सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन पेश गर्न सक्नेछन्। बोर्डले पछिल्लो पाँच वर्षदेखि सम्बन्धित विधामा कार्यरत चलचित्रकर्मीलाई प्राथमिकता दिने जनाएको छ।
चलचित्र विकास बोर्डका अनुसार यी तालिमहरूले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सक्षम दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया