64
Shares
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा पशुपति शर्मा निर्विरोध भएका छन्।
प्रतिष्ठानको नवौं राष्ट्रिय महाधिवेशनअन्तर्गत मनोनयन दर्ता हुँदा अध्यक्ष पदमा शर्माको मात्रै उम्मेदवारी परेको थियो। उनको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। यसअघि उनी प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष थिए। प्रतिष्ठानको महाधिवेशन बिहीबारदेखि महोत्तरीको बर्दिबासमा सुरू भएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया