काठमाडौं । त्रिशूली नदीको किनारमा भेटिएको ‘गणपति डिलक्स’ बसको उत्खनन कार्य आजदेखि स्थगित गरिएको छ।
उत्खनन सुरु भएको १७औँ दिनमा काम रोक्ने निर्णय गरिएको प्रहरीले जनाएको छ। बसको केही भाग पानीबाट निकालिए पनि बाँकी संरचना निकाल्न प्राविधिक कठिनाइ देखिएपछि हाललाई उत्खनन स्थगित गरिएको हो।
गत पुस २६ गते त्रिशूली नदीमा बस फेला परेपछि पुस २७ गतेदेखि उत्खनन कार्य सुरु गरिएको थियो। उत्खननको क्रममा हिजो (१६औँ दिन) बसको भित्री भागबाट मानव कंकाल फेला परेको प्रहरीले पुष्टि गरेको छ। उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
विसं २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ सिमलताल क्षेत्रमा लेदोसहितको पहिरो जाँदा काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ बस त्रिशूली नदीमा बेपत्ता भएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया