पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा जनकपुरधामका प्रमुख मन्दिरमा पूजा अर्चना

191 Shares

जनकपुरधाम । पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिर र राजदेवी मन्दिरमा पूजा अर्चना गर्नुभएको छ।

आइतबार जनकपुरधाम आइपुगेका शाह सोमबार जानकी मन्दिर पुगेर दर्शन गरेका थिए। दर्शनपछि उहाँले मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवसँग भेटघाट पनि गर्नुभएको थियो।

जानकी मन्दिरबाट पैदल यात्रा गर्दै जनक चोक हुँदै उहाँ राम मन्दिर पुगेका थिए। सोही परिसरमा रहेको राजदेवी मन्दिरमा समेत उहाँले पूजा अर्चना गर्नुभएको थियो।

निर्वाचनको मुखमा भएको उहाँको जनकपुरधाम भ्रमणलाई राजनीतिक वृत्तमा विभिन्न रूपमा अर्थ्याइएको छ। तर शाहले सञ्चारकर्मीहरूसँग कुनै प्रतिक्रिया दिन चाहेनन्।