पूजा महतोको अविजित अर्धशतकीय पारीमा नेपालले पहिलो जीत – जिम्बाबेला ६ विकेटले पराजित

174 Shares

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो जीत हासिल गरेको छ। त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले जिम्बाबेलालाई ६ विकेटले हराएको हो।

जिम्बाबेले दिएको १३० रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि पूजा महतो ले अविजित ५२ रन बनाउँदै निर्णायक भूमिका निभाइन्। कप्तान इन्दु बर्मा ले २२ रन जोडिन्।

जिम्बाबेको पारीमा केलिस धलोभु ले अविजित ५२ रन बनाइन् भने बिलभ्ड बिजा र मोडेस्टर मुपाचिवा ले क्रमशः ३४ र १४ रन जोडे। नेपालका लागि रिया शर्मा ले २ विकेट लिइन् भने कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्री ले १–१ विकेट लिए।

नेपाल अब अन्तिम खेलमा सोमबार स्कटल्यान्डसँग भिड्नेछ, जहाँ पनि जीत आवश्यक रहेको छ।