रामेछापमा निर्वाचन प्रहरी भर्ना आवेदन म्याद दुई दिन थप

165 Shares

काठमाडौं ।रामेछापमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नाको आवेदन म्याद दुई दिन थप गरिएको छ । भर्ना समिति रामेछापले पर्याप्त आवेदन नपरेपछि माघ १० र ११ गतेसम्म आवेदन दिन सकिने जनाएको हो ।

जिल्ला प्रहरी प्रमुख भोला भट्टका अनुसार जिल्लामा कूल एक हजार ३३३ जना निर्वाचन प्रहरी आवश्यक रहे पनि हालसम्म करिब ९०० जनाले मात्रै आवेदन दिएका छन् । आवेदन दिएका उम्मेदवारहरूलाई तालिम दिने कामसमेत सुरु भइसकेको उनले बताए ।

स्वीकृत निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालन समिति एकीकृत कार्यविधि–२०८२ अनुसार यसअघि छुट भएका तथा नयाँ आवेदन दिन चाहने उम्मेदवारहरूले पनि थप गरिएको म्यादभित्र आवेदन दिन सक्ने प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए ।