विदेशी मुद्राको भाउमा वृद्धि: अमेरिकी डलर, युरो र अष्ट्रेलियन डलरको मूल्य बढ्यो

181 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर, युरो र अष्ट्रेलियन डलरको मूल्य आज बढेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा कायम गरिएको छ। हिजो अमेरिकी डलरको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा थियो।

युरोको भाउ पनि बढेको छ। आज युरोपियन युरोको खरिददर १७१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७२ रुपैयाँ २१ पैसा रहेको छ। हिजो युरोको खरिददर १७० रुपैयाँ ३६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६ पैसा थियो।

युके पाउन्ड स्ट्रलिङको खरिददर १९६ रुपैयाँ ४० पैसा र बिक्रीदर १९७ रुपैयाँ २१ पैसा कायम गरिएको छ। स्विस फ्र्याङ्कको खरिददर १८४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७० पैसा छ।

अष्ट्रेलियन डलरको खरिददर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसा, क्यानेडियन डलरको खरिददर १०५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३४ पैसा तोकिएको छ।

सिङ्गापुर डलरको खरिददर ११४ रुपैयाँ ११ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५८ पैसा, जापानी येन (१०) खरिददर ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा, चिनियाँ युआनको खरिददर २१ रुपैयाँ ३ पैसा र बिक्रीदर २१ रुपैयाँ ११ पैसा रहेको छ।

साउदी रियालको खरिददर ३९ रुपैयाँ ५ पैसा र बिक्रीदर ३९ रुपैयाँ २१ पैसा, कतारी रियालको खरिददर ४० रुपैयाँ ६ पैसा र बिक्रीदर ४० रुपैयाँ २२ पैसा कायम गरिएको छ।

थाई भाटको खरिददर ४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४ रुपैयाँ ७३ पैसा, युएई दिरामको खरिददर ३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४० रुपैयाँ ३ पैसा तोकिएको छ।

अन्य मुद्राहरूको भाउ:

  • मलेसियन रिङ्गेट: खरिद ३६.१८, बिक्री ३६.३३

  • साउथ कोरियन वन (१००): खरिद ९.९९, बिक्री १०.०३

  • स्विडिस क्रोनर: खरिद १६.०७, बिक्री १६.१३

  • डेनिस क्रोनर: खरिद २१२.९६, बिक्री २३.०५

  • हङकङ डलर: खरिद १८.७८, बिक्री १८.८५

  • कुवेती दिनार: खरिद ४७९.२०, बिक्री ४८१.१७

  • बहराइन दिनार: खरिद ३८८.३६, बिक्री ३८९.९५

  • ओमनी रियाल: खरिद ३८०.३४, बिक्री ३८१.८९

  • भारतीय रुपैयाँ (१०० नोट): खरिद १६०, बिक्री १६०.१५

राष्ट्र बैंकले आवश्यक अनुसार विनिमयदरलाई संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर फरक पर्न सक्ने र अद्यावधिक विनिमयदर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।