174
Shares
काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले औपचारिक रूपमा मनोनयनपत्र बुझाएका हुन्।
शर्मा यसअघि तत्कालीन नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित भएका थिए। २०६४ देखि निरन्तर विजयी हुँदै आएका उनले यसपटक नयाँ दल गठन गरेर चुनावी मैदानमा होमिएका हुन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया