रवि लामिछाने चितवन–२ बाट वारेसमार्फत उम्मेदवारी दर्ता

198 Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन्।

सहकारीसम्बन्धी मुद्दामा वीरगञ्ज पुगेका लामिछाने समयमै जिल्ला निर्वाचन कार्यालय पुग्न नसक्ने भएपछि रास्वपा भरतपुर महानगर सभापति सिता ज्ञवालीलाई वारेस बनाएर उम्मेदवारी दर्ता गराएका हुन्। ज्ञवालीले जिल्ला निर्वाचन कार्यालयमा लामिछानेको मनोनयनपत्र बुझाएकी हुन्।

लामिछाने तेस्रोपटक चितवन–२ बाट प्रतिनिधिसभा सदस्य बन्न चुनावी मैदानमा उत्रिएका हुन्।