निवर्तमान सञ्चारमन्त्री जगदीश खरेल ललितपुर–२ बाट उम्मेदवारी दर्ता

209 Shares

काठमाडौं। निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

खरेलले ललितपुर क्षेत्र नम्बर २ बाट आफ्नो मनोनयन दर्ता गरेका हुन्। जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले उनलाई सञ्चारमन्त्री बनाएको थियो। सञ्चारकर्मी समेत रहेका खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट लिएर चुनावी मैदानमा उत्रिएका छन्।

उनको स्थायी घर दोलखा जिल्ला हो।