170
Shares
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन्।
ओली यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। यसपटक पनि उनी सोही निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।
झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले पनि उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर बालेन शाह झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका हुन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया