नेपाली कांग्रेसले काठमाडौंका थप पाँच क्षेत्रमा उम्मेदवार टुंग्यायो

158 Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंका थप पाँच निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। संसदीय बोर्डले मंगलबार दिउँसो बसेको बैठकबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३, ४, ८, ९ र १० का उम्मेदवार तय गरेको हो।

कांग्रेस स्रोतका अनुसार काठमाडौं–३ मा रमेश अर्याललाई उम्मेदवार बनाइएको छ भने काठमाडौं–४ मा सचिन तिमल्सिनालाई टिकट दिइएको छ। निर्वाचन क्षेत्र नम्बर ८ बाट सपना राजभण्डारीले उम्मेदवारी पाएकी छन्। यस्तै, क्षेत्र नम्बर ९ मा नानु बास्तोला र क्षेत्र नम्बर १० मा हिमाल कार्कीलाई उम्मेदवार बनाइएको छ।

यसअघि कांग्रेसले काठमाडौं–५ मा महामन्त्री प्रदीप पौडेललाई दोहोर्‍याएको थियो भने काठमाडौं–६ मा काठमाडौं कांग्रेस सभापति कृष्णसबुज बानियाँलाई उम्मेदवार बनाइसकेको छ।